85Shares

सो अवसरमा फाउण्डेशन वागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य विजय सुवेदीले सदियौंदेखि गुमेको नेपालको भूभाग नेपालको संविधानमा नै उल्लेख गरी नक्सामा समेटिएको बताउनुहुँदै यो ऐतिहासिक कार्य भएको बताउनुभयो । उहाँले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियताका सवालमा चालेका कदमको प्रशंसा गर्दै कालापानीबाट भारतीय सेना हटाएर नेपाली सेना राख्न वर्तमान सरकार सक्षम हुने बताउनुभयो ।

फाउण्डेशनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईले विगत लामो समयदेखि गणतन्त्र र राष्ट्रियताको पक्षमा आन्दोलन गरिंदै आएको स्मरण गर्दै गणतन्त्र र राष्ट्रियता दुवै स्थापित भएको बताउनुभयो । उहाँले अब जनजीविका र विकासको बाटोमा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम बिष्ट लगायतकाले यो दिनलाई ऐतिहासका पानामा सुनौली अक्षरले लेखिने बताउनुभयो ।

कार्यक्रममा उपस्थितहरुले चौबीसकोठी चोकमा नेपालको नक्सा बनाई दीप प्रज्ज्वलन गर्नुका साथै खुशी साटासाट गर्नुभएको थियो । कार्यक्रममा युवा, विद्यार्थी, राजनीतिज्ञ लगायतको उपस्थिति रहेको थियो । फाउण्डेशन चितवनले राष्ट्र, राष्ट्रियता, विकास र जनजीविकाका विषयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

85Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement