13Shares

असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने तथा काठमाडौं उपत्यकालगायतका कोरोना भाइरसको संक्रमण कम देखिएका क्षेत्रमा जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

त्यस्तै सरकारले यस वर्षको  एसईई परीक्षा पनि नगर्ने निर्णय गरेको छ ।

13Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement