कोरोना अपडेट : नेपालमा १७० थपिए, १२१२ पुगे
5Shares
नेपालमा शुक्रवार १७० कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,२१२ पुगेको बताए।
यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या पाँच छ।
डा. देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २०६ छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ९९,३३६ व्यक्ति क्वारन्टीन र १,००० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।
अहिलेसम्म पीसीआर विधिबाट कुल ६४,१५४ वटा परीक्षण गरिएको छ।
- अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्।
5Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















