वडा नम्बर ११ लाई मास्क सहयोग
जेठ, १२ । भरतपुर महानगरपालिका वडा नम्बर ११ लाई दुखको साथी अभियानले मास्क सहयोग गरेको छ ।
अभियानले वडा अध्यक्ष वावुराम अधिकारीलाई एक हजार मास्क हस्तान्तरण गरेको हो । विश्व नै कोरोना भाईरसका कारण आक्रन्त बनेको समयमा समाजिक संजाल मार्फत जोडिएर रातदिन काममा खटिनु पर्ने जनप्रतिनीधिहरुलाई मास्क सहयोग गरिएको भन्दै वडा अध्यक्ष अधिकारीले यस्ता मानविय कार्यले काम गर्ने हौसला आउने बताउनु भयो ।
यो विषम परिस्थितिमा समाजमा केही गरौ भन्ने भावनाले सहयोग गरिएको संयोजक देवीका कुवँरले जानकारी दिनुभयो । संयोजक कुवँवरले सामाजिक सञ्जालबाट जोडीएका दिदी बहिनीहरु मिलेर दुखमा हातेमालो गर्ने उदेश्यका साथ अभियान सञ्चाजन गरिने बताउनु भयो ।
अभियानलाई नमुना लेडिज टेलर्स भरतपुर १० की सञ्चालीका नमुना पौडेलले मास्क सहयोग गर्नुभएको थियो । यस अघि पनि पौडेलले विभिन्न संघ संस्थाह्रुलाई मास्क सहयोग गदै आउनु भएको छ ।
चितवनका आठ जना समाजसेवी महिलाहरुको अगुवाईमा खोलीएको यस संस्थाले आउदा दिनमा भोकोपेट भएकाहरुलाई सहयोग गर्दै जाने उदेश्य रहेको अभियानकी अर्की अभियान्ता अम्बिका लामिछानेले बताउनु भयो ।
अभियानमा रेखा भट्टराई, गिता अधिकारी जानुका कुवँर, मिना दाहाल, सबिता कुवँर लगाएत आवद्ध रहुनु भएको सो मास्क हस्तान्तरण कार्यक्रममा बताईएको छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















