65Shares

नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।

धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो।

मृतक महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। उनलाई आकस्मिक कक्षमा लाँदालाँदै मृत्यु भएको अस्तपालले जनाएको छ।

ती महिलाले गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिस्चार्ज पछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन्।

पछि उनलाई श्वासप्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखिएपनि कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो।

अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ।

मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ। नेपाली सेना र प्रहरीको टोलीले शब ल्याएको हो।

 

65Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement