77Shares

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।

 

77Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement