27Shares

राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय कोरोना संक्रमित युवक चितवनबाट पैदल हिँडेर सप्तरी पुगेको खुलेको छ।

डाक्नेश्वरी नगरपालिका-३ का  वडाध्यक्ष प्रदीप साहका अनुसार ती युवा चितवनमा काम गर्थे। लकडाउन भएपछि उनीसँगै करीब १७ जनाको समूहमा पैदल हिँडेर राजमार्ग हुँदै सप्तरी आएका थिए। उनी सप्तरी आएको २० दिन भएको थियो। ‘नगरपालिकामा आउनेबित्तिकै ती सबै युवालाई डाक्नेश्वरी नगरपालिकाको एउटा विद्यालयमा सञ्चालित क्वारेनटाइनमा राखेका थियौं,’ साहले भने,‘ त्यसपछि सबै जनाको आरडीटी टेस्ट गरेका थियौं।’ टेस्टमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो। साहले भने ‘तर, पनि हामीले क्वारेन्टाइनमा बसेका ६ जनाको स्वाब संकलन समेत गराएका थियौं।’

साहले थपे  ‘तर रिपोर्ट आउन समय लागेको कारण आइतबार ती व्यक्तिलाई क्वारेन्टाइनबाट घर फर्काइएको थियो। उनी घर फर्केपछि आफ्नो घर परिवारका सदस्यहरुसहित विभिन्न मानिसहरूको सम्पर्कमा आएका रहेछन्।’ त्यो नै सबै भन्दा बढी खतराको बिषय बनेको उनले बताए।

सोमबार अपराह्न उनी प्रहरीको सम्पर्कमा आएका थिए। उनलाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण अस्पताल राजविराज लैजाने तयारी भइरहेको छ। उनका परिवारका सदस्यहरूलाई पनि आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।

27Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement