खैरहनीमा श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्या
खैरहनीपुर्वि चितवनको खैरहनीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यलय खैरहनीले दिएको जानकारीअनुसार बारा जिल्ला सिमरा स्थाइ घर भई हाल खैरहनी नगरपालिका सिमलटाँडीमा भाडामा बस्दै आएकी अन्दाजी ३५ बर्षीया मन्जु अधिकारीको आफ्नै ४२ बर्षीय श्रीमान कृष्ण प्रसाद अधिकारीले खुकुरी प्रहार गरी शनिवार राती ९:३० बजे हत्या गरेको इलाका प्रहरी कार्यलय खैरहनीका प्रमुख ऋषिराम घर्तिमगरले बताए ।

हत्या गरिएकी मन्जुको विवाह दर्ता समेत नभएको र ६ महिनाको नाबालक छोरा भएको घर धनी कुमार चिमरीयाले बताए ।
श्रीमान श्रीमतीबीच बेलाबेलामा झगडा समेत हुने गरेको स्थानीयले बताएका छन् । हत्या गरेको श्रीमानलाई खैरहनी प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक मन्जुको शवलाई पोष्ट मार्टमको लागी भरतपुर अस्पतालको शव गृहमा पठाइएको छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















