0Shares

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १०१ पुगेको जनाएको छ । बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कपिलवस्तु ८ का १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ती व्यक्तिहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको बताएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement