0Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय दुर्गन्ध अमेरिका पुगेको भनेर आक्रोश व्यक्त गरेका छन्। वातावरण प्रदुषण गरेको भन्दै भारतको चर्को आलोचना गर्दै ट्रम्पले अमेरिका त्यसबाट प्रभावित भएको बताएका छन्। भारतका कयौं शहरमा हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको छ। जसको प्रभाव अमेरिकाको लस एन्जेलसमा परेको ट्रम्पको भनाइ थियो।

इकोनोमिक क्लब अफ न्यूयोर्कको एक कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले भने, ‘भारत, चीन र रुसको दुर्गन्ध लस एन्जेससम्म पुगेको छ। तपाईंहरूलाई थाहै छ यो एक समस्या हो। तुलनात्मक रूपमा हामी सानो देश हौँ। यी तीन देश वातावरण प्रदुषण रोक्न र सरसफाइमा कुनै कमा गरिरहेका छैनन्। उनीहरू फोहोर समुद्रमा फालिरहेका छन् जुन यहाँसम्म पुगिरहेको छ।’

एक अध्ययनले पनि भारतीय दुर्गन्ध अमेरिका पुगेको देखाएको थियो। जुन प्लास्टिक, रसायनबाट उत्पादित अन्य पदार्थबाट निस्कने दुर्गन्ध अमेरिका पुग्ने गरेको बताइएको छ। ट्रम्पले वातावरण प्रदुषणलाई लिएर भारतमाथि यसअघि पनि हमला गरिसेका छन्। उनले भारत, चीन र रुसमा राम्रो पानी र हावासम्म नभएको बताएका थिए। उनले यी देशहरू वातावरणलाई लिएर गैरजिम्मेवार बनेको आरोप लगाउने गरेका थिए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement