काठमाडौँ, ३० मङ्सिर (रासस) ः राष्ट्रिय समाचार समिति (रासस) र चीनको बेजिङ मिडिया नेटवर्कबीच बेजिङमा दीर्घकालीन रणनीतिक साझेदारीसम्बन्धी सम्झौता भएको छ ।
दुवै देशका शहरी, आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका विषयमा एक अर्काको मिडियाको प्रभाव विस्तार गर्न तथा विषयवस्तुका स्रोतलाई सम्पन्न बनाउन र मैत्रीपूर्णआदानप्रदानलाई प्रवद्र्धन गर्न नेपाली र चिनियाँ जनताबीच एक साझामञ्च निर्माण गर्ने उद्देश्यले यो दीर्घकालीन रणनीतिक साझेदारीसम्बन्धी सम्झौता गरिएको हो ।
तीन वर्षसम्म कार्यान्वयन हुने सो सम्झौता यही पुस १६ गतेदेखि लागू हुनेछ । सम्झौताअन्तर्गत दुवै पक्षले मुख्य मुख्य समाचारका घटना तथा पारस्परिक चासोका समसामयिक विषयमा सूचना आदानप्रदान गर्नेछन् । दुवै मुलुकका राजधानी र दुबै देशका जनताबीचको पारस्परिक समझदारीलाई बढाउन नेपाल चीनबीच संस्कृति, कला, खेलकूद, शिक्षा, शहरी व्यवस्थापन र विज्ञान प्रविधि आदि क्षेत्रमा भएका आदानप्रदान र पारस्परिक सहयोगबारे दुवैपक्षका श्रव्य दृश्य, भिडियो, फोटो र लेख्य जस्ता समाचार सामग्रीमा विशेष स्तम्भ (उदाहरणका लागि ‘बेजिङ–काठमाडौँको आवाज’) शुरु गर्न सहमत भएका छन् ।
सम्झौताअन्तर्गत महत्वपूर्ण अन्तरराष्ट्रियसभा सम्मेलन, घटना परिघटना वा उच्चस्तरीय भ्रमणबारे संयुक्त सामग्री तयार गरिनेछन् । यसैगरी पारस्परिक सिकाइ अभिवृद्धि गर्न वरिष्ठ कार्यकारी र पत्रकारका अल्पकालीन भ्रमणको आदानप्रदान गर्न दुवैपक्ष सहमत भएका छन् ।
–––
सम्बन्धित खवर
-
१६ साउन, काठमाडौं । पाकिस्तानको ...
-
१६ साउन, जनकपुरधाम । सरकारले ...


















