0Shares

सुन तस्करीमा संलग्न गिराेहका सदस्यहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन भित्राउन अनेक उपाय गरिरहेका छन्।

विमानस्थल प्रहरीले शनिबार बिहान सुन तस्करीकाे एउटा अनाैठाे घटनाकाे खुलासा गरेकाे हाे। प्रहरी, अपराध महाशाखा र भन्सारकाे संयुक्त अनुसन्धानमा माेबाईलकाे ब्याट्रीमा सुनकाे तस्करी भईरहेकाे भेटिएकाे हाे।

युनाईटेड अरब ईमिरेटसकाे दुबईबाट आएका भारतीय नागरिकका साथबाट माेबाईलकाे ब्याट्रीमा सुनकाे धुलाे राखेकाे अवस्थामा बरामद भएकाे हाे।

भारतकाे नयाँ दिल्लीका अमिर मिर्जाले बाेकेका दुई माेबाईलमध्ये एउटा माेबाईलकाे ब्याट्रीमा ५० ग्राम सुनकाे धुलाे बरामद भएकाे हाे। फ्लाई दुबईबाट आएका मिर्जाले सुन पास हुने वा नहुने परिक्षणका लागि सुन ल्याएकाे प्रारम्भिक बयान दिएका छन्।

उनले सुनलाई धुलाे बनाएर माेबाईलकाे ब्याट्रीमा राखेर ल्याएका थिए।उनी लगातार दुबई आ उजाउ गरिरहेका थिए।यही आधारमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा सुन भेटिएकाे हाे। मिर्जाका बिषयमा थप अनुसन्धान भईरहेकाे विमानस्थल प्रहरीले जनाएकाे छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement