0Shares

सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेंगु संक्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको हो ।

निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेंगुको संक्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए। उनकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट संक्रमण आएको हुनसक्ने आशंका गरिएको छ ।

यसअघि असार ४ गते कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको संक्रमण देखिएको थियो । उनका दाजु ३२ वर्षीय देवकान्त चौधरी डेंगु संक्रमित भई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिए। सोहीबेला घर फर्किएका रमाकान्तको परीक्षण गर्दा उनमा समेत संक्रमण फेला परेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिए। दुवै दाजुभाइ धरानमा फलामको ग्रिल बनाउने मजदुर हुन् । रमाकान्तको असार ५ गतेदेखि कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

डेंगु देखिएपछि कञ्चनरुप र सप्तकोशी दुवै नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ । कञ्चनरुप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले विभिन्न वडामा गई ज्वरो आएका ३१ बिरामीको रगत परीक्षण गरेको छ । रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामूलक कार्यक्रम सुरु गरेको जनाएको छ । रासस

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement