0Shares

नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व शिक्षा मन्त्री धनीराम (डिआर) पौडेलको पार्थिव शरिरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरुले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली दिनुभएको छ ।
हृदयघातका कारण आज बिहान निधन हुनभएका पौडेललाई अन्तिम श्रद्धान्जली दिन अध्यक्ष प्रचण्ड, पार्टीका सचिवालय सदस्यहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल, नेताहरु अमिक शेरचन, काशिनाथ अधिकारी, गिरिराज मणी पोखरेल,  देव गुरुंग, प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल भरतपुर महानगर पालिका प्रमुख रेनु दाहाल, लगायत पार्टी नेता कार्यकर्ताहरु माडी पुग्नुभएको हो ।
नेताहरुले पौडेलको असामयिक निधनले पार्टी र देशलाई ठूलो क्षति भएको बताएका छन् ।
हृदयघातका कारण ५३ वर्षको अल्पायुमै नेता पौडेलको देहवसान भएको छ । स्वर्गिय पौडेलले पार्टी र बामपन्थी आन्दोलनमा एक असल र ईमान्दार नेताका रुपमा छवि बनाएका थिए ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement