0Shares

चितवन । चितवनमा जारी भरतपुर गोल्डकपमा एपिएफ विजयी भएको छ । आप्mनो पहिलो खेलमा वीरगञ्जलाई १ शून्यले पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो। एपीएफको जीतमा सुदीप सिर्खाकारले १ गोल गरे । उनले खेलको ४९ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेका थिए। दोस्रो हाफमा दुबै टिमबाट थप गोल हुननसकेपछि सिर्खाकारले गरेको गोल नै निर्णायक बन्यो। खेलमा वीरगञ्जले केही राम्रा मौका पाए पनि गोल गर्न नसक्दा हार व्यहोर्नुपर्यो। यसअघि भएको उद्घाटन खेलमा विजय युथ हेटौंडालाई पराजित गर्दै जावलाखेल विजयी भएको थियो।

नारायणगढ क्याम्पाचौरमा भएको गोल्कपको विजेताले नगद ६ लाखसहित उपाधि र उपविजेताले नगद ३ लाख पुरस्कार पाउनेछन्। खेल जेठ ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा राष्ट्रिय १२ टिमको सहभागीता रहेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement