0Shares

अमेरिका र इरान बीचको सम्बन्ध झनै विग्रिएको छ । इरानको परमाणुको विषयलाई लिएर दुई देशबीचको सम्बन्धमा थप जटिलता आएको हो। इरानमा अहिले पनि अमेरिकाले प्रतिबन्ध लगाइरहेको छ । इरानले आफुसँग भएको तेल अर्को देशलाई निर्यात गर्न सकेको छैन । प्रतिबन्धलाई लिएर परमाणु सम्झौतासँग जोडिएका केही प्रतिबद्धताबाट बाहिरिने घोषणा गरेको इरानमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप दबाब सिर्जना गरेका हुन्। ट्रम्पले आदेश जारी गर्दै इरानको धातु उद्योगमा प्रतिबन्ध लगाइदिएका छन। इरानले तेल र ग्यासपछि धातु निर्यात गर्दै आएको छ।

इरानसँग परमाणु सम्झौतामा सामेल भएका पश्चिमी देश बेलायत, फ्रान्स र जर्मनीले इरानलाई परमाणु सम्झौताबाट बाहिरिए गम्भीर परिणम बेहोर्नुपर्ने चेतावनी दिएको छन् । पश्चिमा देशहरूले इरानलाई परमाणु सम्झौतामा अडिग रहन आग्रह गरेका छन् । उनीहरूले इरानले सम्झौताका सबै शर्त पालना गरिरहे आफूहरूले सहयोग गर्ने पनि आश्वासन दिएका छन् । सन् २०१५ मा भएको सम्झौतामा इरानले आफ्नो परमाणु कार्यक्रम बन्द गर्ने भनेको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement