0Shares

जापान । जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागि सँगसँगै काम गर्न आह्वान गरेका छन्।

राजामा नियुक्त भएपछि उहाँले सबै देशहरूसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताउनुभयो। जापानका १२६ औँ राजा ५९ वर्षीय नारुहितो टोक्योस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा देखा परेका थिए। राजासँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरू थिए। विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मध्यरातमा ‘क्रिसेन्थिमम थ्रोन’ नाम दिइएको विशिष्ट रूपमा सजाइएको राजगद्दीमा राखिएको थियो।

जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो। पूर्वराजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी भएका थिएनन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement