0Shares

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरिएको हो। मुलुकभरबाट छानिएर आएका खेलाडीबीच बैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो। मेडिकलपछि एन्फाले एकेडेमीका लागि ५० जना खेलाडी छनोट गर्नेछ। छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडेमी राखेर प्रशिक्षण दिनेछ।

यस्तै छनोटबाट आएका यू–१६ खेलाडीले एशियाली फुटबल महासंघ (एएफसी) यू–१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement