0Shares

चितवन । चितवनमा पहिलोपल्ट रग्वी खेलको प्रशिक्षण दिइएको छ। यो खेल देशैभर पुर्‍याउने उद्देश्यले चितवनमा पनि प्रशिक्षण दिइएको राष्टि«य प्रशिक्षक विनोद तामाङले जानकारी दिनुभयो ।

बैशाख १३ देखि १५ गतसम्म प्रशिक्षण दिइएको छ । प्रशिक्षक तामाङगले विदेशमा रग्वी प्रतिको आकर्षण राम्रो रहेकाले नेपालमा पनि यसको सम्भावना निक्कै राम्रो भएको उल्लेख गर्नुभयो ।

सामान्यतया फुटबल खेल्ने खेल मैदानमा बालक, युवा सबै उमेर समुहका महिला पुरुषले खेल्न सकिने यो खेल स्वास्थ्यको दृष्टिले पनि निक्कै फाइदाजनक रहेको बताउनु भयो । विभिन्न अन्तर्राष्टि«य रग्वी प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भइसकेका प्रशिक्षक तामाङ अहिले विभिन्न जिल्लामा नव खेलाडीहरुलाई प्रशिक्षणमा जुटेका छन्। अहिलेसम्म नेपालका विभिन्न १५ जिल्लामा रग्वी संघ विस्तार भइसकेको छ । चितवनमा पनि रग्वी स्थापित गराउने संघको योजना रहेको छ। नेपाली खेलाडीले एसियन ट्रफी टुर्नामेन्टमा हरेक वर्ष सहभागिता जनाइरहेका छन्।

आगामी नोभेम्बर डिसेम्बरमा जापानमा रग्वीको विश्वकप हुँदैछ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement