0Shares

काठमाडाैं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले गण्डकी मेडिकल कलेजले विद्यार्थीहरुमाथि चरम ठगी र आर्थिक अपराध हुने काम गरेको दावी गर्दै तत्काल कार्वाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

वरिष्ठ चिकित्सक केसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कलेजको ठगी र आर्थिक अपराधको प्रमाणसहित आन्दोलनरत विद्यार्थीहरुको माग तत्काल सुनुवाई गरी उनीहरुबाट नाजायजरुपमा सो कलेजले असुल गरेको रकम ब्याँजसहित विद्यार्थीहरुलाई फिर्ता गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका कार्यक्रम संचालन गर्न पनि सरकारलाई दवाव दिनुभयो । आफूसँग गरिएको सम्झौताअनुसार सरकारले इलाम, पाँचथर, उदयपुर, डोटी, डडेलधुरा, लगायतका स्थानमा सरकारी मेडिकल कलेज खोल्न पनि ढिलाई गर्न नहुने डा. केसीको भनाई छ ।

वरिष्ठ चिकित्सक केसीले सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता छानवीन आयोग पुनर्गठन गरी द्वन्द्वकालका जघन्य अपराधमा संलग्नहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गर्ने व्यवस्था सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भ्रष्टाचारमा मुछिएपछि राजीनामा दिनु भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई कानुन अनुसार कार्वाही गर्न पनि माग गर्नुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement