53Shares

भरतपुर,।
महिलाहरूका लागि लक्षित गरी Simason Fitness Club सञ्चालनमा ल्याइएको छ । यहाँ आधुनिक फिटनेस सुविधासहित बेबी केयर सेन्टर रहेको छ।
महिलामैत्री वातावरणमा आधुनिक फिटनेस सेवा दिने उदेश्यका सेवा सुरु गरीएको सञ्चालक मुना आचार्यले बताउनु भयो । सञ्चालनको उदेश्य बारे प्रष्ट पार्दै सञ्चालक आचार्य भन्नुहुन्छ, “चितवनमा महिलाहरु जिममा जाने ठाँउ खोजी रहेको महसुस भयो । म आफै पनि एक वर्ष अगाडी युनिसेक्स जिममा सहज महसुस नभएर छोडे । युनिसेक्स जिममा जाँदा असहज महसुस गर्ने म जस्ता अरु पनि पाए र केबल महिलाहरुको अवस्थालाई मध्यनजर गर्दै यो खोल्ने सोच आएको हो ।”
सञ्चालक आचार्यले पूर्ण रूपमा महिलाहरूका लागि लक्षित फिटनेस क्लब रहेको बताउदै महिलाहरू ढुक्क र आत्मविश्वासका साथ व्यायाम गर्न सक्ने वातावरण क्लवमा रहेको बताउनु भयो ।

फिटनेसमा रुचि भए पनि साना बच्चाका कारण जिम जान कठिनाइ भोगिरहेका आमाहरूलाई सहज बनाउने उद्देश्यले क्लबमा बेबी केयर सेन्टरको समेत व्यवस्था गरिएको अर्का सञ्चालक सम्झौता दुवाडीले बताउनु भयो । यस सुविधाले व्यायामका क्रममा आमाहरूलाई ढुक्क भएर आफ्नो स्वास्थ्यमा ध्यान दिन मद्दत पुर्‍याउने उहाँको विश्वास रहेको छ ।

पछिल्लो समय महिलाहरूमा स्वास्थ्य र फिटनेसप्रति सचेतना बढ्दो क्रममा रहेको अवस्थामा Simason Fitness Club जस्ता महिलामैत्री स्वास्थ्य क्लबहरूले सकारात्मक भूमिका खेल्ने अपेक्षा सञ्चालक दुवाडीले बताउनु भयो । महिलाहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन लक्षित यस क्लबले सुरक्षित, सहज र आधुनिक वातावरणमा फिटनेस सेवा प्रदान गर्ने उहाँको भनाई छ ।

क्लबमा आधुनिक किसिमका जिम उपकरणहरू जडान गरिएको छ । जहाँ विभिन्न फिटनेस लक्ष्यअनुसार व्यायाम गराईने प्रशिक्षक शर्मिला लोप्चनले बताउनु भयो । उहाँले भन्नुभयो, “यहाँ अत्याधुनिक मेसिनमार्फत सुरक्षित र प्रभावकारी तरिकाले व्यायाम गराइन्छ, साथै व्यक्तिगत फिटनेस लक्ष्यअनुसार गरीन्छ।”

यस क्लवमा कार्डियो मेसिन (ट्रेडमिल, साइकल, क्रस ट्रेनर), स्ट्रेन्थ ट्रेनिङ उपकरण, वेट लिफ्टिङ सामग्री, योग तथा स्ट्रेचिङ सेसन, पर्सनल ट्रेनिङ सेवा, फिटनेस काउन्सेलिङ, बेबी केयर सुविधा फिटनेस सामग्री र सेवाहरू रहेको प्रशिक्षक लोप्चनले बताउनु भयो । क्लबले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिएको छ ।

53Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement