सप्ताह ज्ञान महायज्ञले समाजमा सद्भाव र नैतिक चेतना अभिवृद्धि गर्छ ः प्रमुख जिल्ला अधिकारी अर्याल
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सप्ताह ज्ञान महायज्ञले समाजमा धार्मिक आस्था, नैतिक चेतना र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ११, वसेनी लामा टोलमा आयोजना भइरहेको सप्ताह ज्ञान महायज्ञको चौथो दिन प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले धर्मले मानिसलाई सत्य, अनुशासन र सहिष्णुताको मार्गमा हिँड्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजलाई एकताबद्ध बनाउँदै सकारात्मक सोचको विकास गर्ने धारणा व्यक्त गनुृभर्यो ।
उहाँले धर्मले विभाजन नभई एकता र सहकार्यको भावना जगाउनुपर्ने बताउँदै शान्ति, सुशासन र सामाजिक सद्भाव कायम गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भयो।

सप्ताह ज्ञान महायज्ञमा स्थानीयवासी, भक्तजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको छ। भरतपुर महानगरपालिका–११, बसेनी लामाटोलस्थित ऐतिहासिक किरातेश्वर शिव मन्दिरको संरक्षण, सम्वद्र्धन तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संगीतमय श्रीमद्भागवत सप्ताह, शिव महिमा ज्ञानमहायज्ञ तथा भव्य श्रृंगारिक महाआरती माघ २५ गतेबाट सुरु भएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य किरातेश्वर शिव मन्दिरको भौतिक पूर्वाधार विकास, पुजारी भवन निर्माण, हवनकुण्ड निर्माण, अक्षयकोष स्थापना तथा १०८ शिवलि∙ स्थापना रहेको यसका साथै मन्दिर क्षेत्रलाई आन्तरिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णु प्रसाद विडारीले बताउनु भयो ।
महायज्ञमा सुप्रसिद्ध कथावाचक सम्राट गुरु पंण्डीत भीमकान्त भागवतले श्रीमद्भागवत कथा वाचन गर्नुहुने भएको छ । महायज्ञ सत्संकल्पकर्ता तथा श्रृंगारिक महाआरती प्रमुखका रूपमा गुरु पंण्डीत पुरुषोत्तम भट्टराईको नेतृत्व रहेको आयोजक समितिका सचिव शोभा पोख्रेलले बताउनु भयो ।

महायज्ञ अवधिभर राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सहभागितामा भजन–कीर्तन, देवलिला झाँकी, चेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने तिवारीको भनाई छ । फाल्गुन ३ गते महाशिवरात्रिको अवसरमा लाखबत्ती प्रज्वलन र विशेष महाआरती गरिने कार्यक्रम रहेको छ।
आयोजक समितिका आर्थिक उप समितिका संयोजक मोहनिधी तिवारीले धर्मप्रेमी संघ–संस्था, टोल सुधार समिति, आमा समूह, स्थानीयवासी तथा भक्तजनहरूलाई परिवारसहित उपस्थित भई तन, मन, धन र वचनबाट सहयोग गर्न अनुरोध गुर्नभएको छ। दानदाताहरूलाई सम्मानपत्र, रामनामी, शिलालेखमा नाम अंकित तथा पञ्चेबाजा सहित सम्मान गरिने व्यवस्था रहेको संयोज तिवारीले बताउनु भयो ।

महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय पर्यटन, संस्कृतिको संरक्षण र सामाजिक एकतामा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको रहेको छ।
सम्बन्धित खवर
-
रेशम सापकोटा हंस बहुउद्देश्य ...
-
काठमाडौँ, माघ २८- केन्द्रीय ...














