पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी
0Shares
६ माघ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय भएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।
लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।
0Shares
सम्बन्धित खवर
-
नवलपरासी – नेपालको जल पर्यटनमा ...
-
काठमाडौँ, माघ १८- चलचित्र ...


















