सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान
0Shares
काठमाडौँ, पुस २९-
सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७००मा कारोबार भए सुन आज मंगलबार २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै ,चाँदीको मूल्यले पनि अर्को रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य १४५ रुपैयाँले वृद्धि भएको हो ।
सोमबार पाँच हजार १९५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
नवलपरासी – नेपालको जल पर्यटनमा ...
-
काठमाडौँ, माघ १८- चलचित्र ...


















