15Shares

कलैया ः नेपाली काँग्रेसमा एक कार्यक्रमविच डाक्टर रिजवान सहित ६० जनाले पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा जसपा, एमाले, लोसपा तथा अन्य पार्टीका नेता तथा कार्यकर्ता रहेका छन् । नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गदै बधाई तथा शुभकामना दिइएको छ।

 


सो पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले जनताको हितमा हुने गरी काम गर्न नव प्रवेशीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोइराला, नेपाली कांग्रेस बारा जिल्लाका उपसभापति तथा विश्रामपुर गाउँपालिकाका पूर्व अध्यक्ष एवं मेयर अमिरीलाल पाल, नेपाली काँग्रेस बारा जिल्लाका उपसभापती मनोज भट्ट लगाएतको सहभागिता रहेको नेपाली कांग्रेस बारा क्षेत्र नं ४ (ख) का सभापति लोकेश सिंहले जानकारी दिनुभयो ।

 


पार्टी प्रवेश गर्नेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका वार्ड नं ०१ बाट डाक्टर रिजवान, कमरूल होदा ,सद्दाम हुसेन, एजाजुल मिया, राम अशिष चौधरी संगै अन्य १५ जनाले पार्टी प्रवेश गरेको छन् ।

 


यस्तै विश्रामपुर वार्ड नं ०२ बाट वार्ड अध्यक्ष प्रत्यासी साकिल अंसारी, दरोगा साह, उमेश बैंठा लगायत अन्य गरी नौ जनाले पार्टी प्रवेश गरेका छन् । वार्ड नं ०३ बाट बृजलाल पटेल, सन्तोष पण्डित, शम्भु चौधरी लगायत अन्य १० जनाले सो अवसरमा पार्टी प्रवेश गरेको नोपली काँग्रेसका क्षेत्रीय सभापति लोकेश सिंहले जानकारी दिनुभयो ।


वार्ड नं ०४ बाट वडा अध्यक्ष प्रत्यासी प्रदिप गुप्ता, सोनालाल ठाकुर, आश महम्म लगायत अन्य २० जना रहेका छन् । विश्रामपुर वार्ड नं ०५ बाट भोला महतो लगायतका नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् ।

15Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement