क्यान्सरको खोप विकास गरेको रुसको दाबी ! बिरामीलाई निःशुल्क दिने
एजेन्सी,पुस ३-
रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सर विरुद्धको एमआरएनए भ्याक्सिन विकास गरेको दाबी गरेको छ । रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार यो खोप धेरै अनुसन्धान केन्द्रको सहयोगमा विकसित गरिएको हो ।
क्यान्सर रोगीहरूको उपचारमा प्रयोग गरिने खोप २०२५ को शुरूमा उपलब्ध हुने समाचारमा उल्लेख छ । रुसले उक्त खोप आफ्ना नागरिकलाई निःशुल्क उपलब्ध गराउने छ । रुसले यो खोप रोकथामको लागि नभई उपचारको लागि प्रयोग गरिने स्पष्ट पारेको छ । रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका प्रमुख आन्द्रेई काप्रिनले यो भ्याक्सिन २०२५ को शुरूमा ल्याइने बताए। यसअघि गमलेया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्याण्डर गिन्ट्सबर्गले खोपको प्रि-क्लिनिकल परीक्षणले ट्युमरको वृद्धि र सम्भावित मेटास्टेसिसलाई रोक्ने देखाएको बताएका थिए ।
खोपको नाम भने खुलाइएको छैन । यो खोप कुन क्यान्सरको उपचारका लागि बनाइएको हो भन्ने पनि स्पष्ट भइसकेको छैन ।
सम्बन्धित खवर
-
Content Online casino no deposit bonus Villento 20 free spins: Equivalent game Ideal for Newbies and you may Informal People Steeped Wilde and the Tome from Insanity Benefits of To ...
-
Posts Totally free Ports & Online casino games On the internet – casino Bell Fruit no deposit Can you earn real cash which have 29 free revolves one wear’t need a deposit? Is ...







