सेन्ट्रल कलेजले दुई बस थप्यो, चितवन,तनहुँ र नवलपुरका विद्यार्थीलाई निःशुल्क सेवा
चितवन, जेठ १३-
शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले बिद्यार्थीका लागि थप दुई बस सञ्चालनमा ल्याएको छ । यसअघि कलेजको दुई बसले चितवन र नवलपुरमा सेवा प्रदान गरिरहेको थियो । कलेजले पुनः दुई नयाँ बस थप गरेर चितवनको भरतपुर महानगरसंगै सबै नगरपालिका र नवलपुरका पनि सबै नगरपालिकामा सेवा प्रदान गर्न सुरु गरेको कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले बताउनुभयो । उहाँले नयाँ बसले चितवन,नवलपुरका विद्यार्थीहरुलाई निःशुल्क सेवा दिनेछ । यसअघि सञ्चालनमा आएको दुई बसले चितवन,नवलपुरका विभिन्न क्षेत्रबाट विद्यार्थीलाई कलेजमा आवतजावतका लागि सेवा दिइरहेको छ । कलेजले आवश्यकताका आधारमा बस थपेर विद्यार्थीलाई सेवा प्रदान गर्ने लक्ष्य बनाएको पौडेलले बताउनुभयो ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ ।
‘बस सेवा सञ्चालन पश्चात टाढा टाढाबाट अध्यननका लागि आउने विद्यार्थीलाई सहजता भइरहेको छ, प्रिन्सिपल पौडेलले भन्नुभयो’, घण्टौसम्म सार्वजनिक गाडी कुरिरहनुपर्ने झन्झट हटेको छ ।’ उहाँले कलेजको आफ्नै बसबाट आवतजावत गर्दा समयको बचत हुने भएकाले विद्यार्थीको अध्ययन अध्यापनमा थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । कलेजले भरतपुरको लायन्सचोकमा आफ्नै भवनबाट विद्यार्थीलाई सेवा दिन थालेको छ । कलेजले शैक्षिक परामर्शदाताको क्षेत्रमा नेपालमा नै पहिलोपटक बस सेवा संचालन गरेर नमूना शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित भएको छ ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















