दलहरूबीच मिलेन कुरा, प्रतिनिधि सभा बैठक आइतबारसम्मलाई स्थगित
0Shares
काठमाडौं- सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ ।
सहकारीमा भएको भनिएको ठगी प्रकरणलाई लिएर आन्दोलित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दलहरूबीच सहमति नहुँदा शुक्रबा बस्दै नबसी संसद् बैठक स्थगित भएको हो ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...




















बिहीबार सत्ता र प्रतिपक्षी सांसदहरूबीच घमासान भएपछि शुक्रबार बिहान ११ बजेसम्मलाई बैठक स्थगित भएको थियो ।
सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
यसअघि शुक्रबार बिहान ११ बजे पनि बस्न नसकेको बैठक २ बजेसम्मलाई धकेलिएको थियो ।
कांग्रेसले अवरोध गरिरहने अडान यथावत राखेपछि प्रतिनिधि सभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ ।
तर सत्ता पक्षले समग्र सहकारीको समस्या छानबिन गर्नुपर्ने अडानसहित कुनै एक व्यक्तिलक्षित छानबिन समिति बनाउन नसकिने अडान लिएकाले कुरा मिल्न सकेको छैन ।