0Shares

भरतपुर चितवन, नवौं नेपाल फर्मा एक्स्पो २०२४ यहि फागुन २५ देखि २७ गतेसम्म चितवनमा हुने भएको छ । नेपाल औषधि उत्पादक संघले पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो । फागुन २५ देखि २७ गतेसम्म चितवनमा हुने एक्स्पोमा औषधि उत्पादन र नयाँ नयाँ प्रविधिको प्रदर्शन गराइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । साथै उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ । भारत बाहेक चीनलगायतका औषधि कम्पनीहरुको स्टल १५ वटासम्म रहने र ११० वटा जति स्टल भारतीय औषधि कम्पनीका रहने एक्स्पोका संयोजक प्रभात रुगंटाले बताउनु भयो ।

नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष

सन्तोष बरालले एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको बताउनु भयो ।
नेपालको औषधि उद्योगको सबैभन्दा महत्वपूर्ण दाबी गरिएको एक्स्पोमा २५ हजार भन्दा बढी मानिसको उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ । यस वर्षको फर्मा एक्स्पोको नारा ’नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाई’ भन्ने तय गरिएको छ ।

प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पोले नेपालका औषधि उद्योगलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । नवौं नेपाल फर्मा एक्स्पो २०२४ अनुभव आदानप्रदानकासाथै सहकार्य, औषधि उद्योगको विकासका लागि महत्वपूर्ण हुने आयोजकले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement