जापानमा दुई नेपालीलाई ठक्कर दिएर मार्ने चालक उहेराद्वारा आरोप अस्वीकार
ओकिनावा, जापान ।
जापानक ओकिनावा प्रिफेक्चरस्थित उरासो प्रहरीले खतरनाक ड्राइभिङको आशंकामा एक ८१ वर्षीया महिलालाई शनिबार पक्राउ गरेको छ ।
ती महिलाको गाडी अनियन्त्रित भै सडकमा राखिएको साइनबोर्डमा ठक्कर खाएको थियो । ठक्करपछि फुटपाथमा हिडिरहेका दुई पैदलयात्रीको मृत्यु भएको थियो। ती पैदलयात्री नेपालबाट भिजिट भिसामा जापान आएका नेपाली हुन् ।
स्थानीय सञ्चारमाध्यमले घटना शनिवार साँझ ५ः२० बजे भएको जानकारी दिएका छन् ।
नेपाल रुकुम पश्चिम घर भएका ती बिष्ट दम्पती ओकिनवामा बस्दै आएका आफ्ना छोरा भुपाल विष्ट तथा बुहारी र भर्खरै जन्मिएका नातीको मुख हेर्न २ महिना अघि मात्रै जापानको ओकिनवा आइपुगेका थिए।
जापानको राष्ट्रिय रुट ५८ मा महिला चालक हारुको उहेराले चलाएको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । सडक निर्माणको कामको लागि किनारामा राखिएको साइनबोर्डमा गाडीले पहिले ठक्कर दिएको र त्यसपछि रेलिङ नभएको अस्थायी फुटपाथमा गएर ६२ वर्षीय पुरुष र उनका ५६ वर्षीय श्रीमतीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घाईते भएका उनीहरुलाई अस्पताल पुर्याएको केहि केही समयमै मृत्यु भएको थियो ।
गाडी चालक उहेराले भने उक्त आरोप अस्वीकार गरेकि छन् । साइनबोर्डमा लागेपछि आफ्नो गाडीले केही ठोकेको महसुस गरेको तर अन्य कुराहरुबारे आफूलाई केहि थाहा नभएको बयान उनले प्रहरीसमक्ष दिएकी छन् ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















