0Shares
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८० गर्ने भएको छ ।
भरतपुर भ्रमण बर्ष– २०२४लाई लक्षित गर्दै तिहारको अवसर पारेर आउंँदो कार्तिक २४ गते शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागेको हो । नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको बेजोड सांगितिक प्रस्तुती रहने आयोजक संस्था उज्यालो टाईम्सले जानकारी दिएको छ ।
तिहारको अवसरमा कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने र भरतपुर भ्रमण बर्ष २०२४ लाई प्रर्वद्धन गर्न हामीले यो कार्यक्रम गर्न लागेका हौं । उज्यालो टाईम्स मिडियाका अध्यक्ष राजु भट्टले भन्नुभयो , अर्कोकुरा पत्रकारिता संगै संस्थागत सामाजिक उत्तरदायित्व पनि हो ।’ यसअघि मिडीयाले पत्रकारिता संँगै अन्य सामाजिक कार्यक्रम गर्दै आएको र यस्तो सांस्कृतिक कार्यक्रम पहिलोपटक गर्न लागिएको उहांँले बताउनु भयो ।
तिहारमा सांगितिक मनोरञ्जनका साथै एकआपसमा सद्भाव भाईचारा र एकताको पनि सन्देश जाने उहांँको भनाई छ । कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुती र नृत्य एकेडेमीको बेजोड प्रस्तुति समेत रहनेछ ।
कार्यक्रमको लागि करीब ७० प्रतिशत तयारी पुरा भईसकेको कार्यक्रमका संंयोजक राकेशमान श्रेष्ठले जानकारी दिनुभयो । ’हामी कार्यक्रमका तीब्र तयारीमै छौं , संयोजक श्रेष्ठले भन्नुभयो, कार्यक्रम पूर्ण रुपमा सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’ कार्यक्रममा ५ लाख बढी खर्च हुने अनुमान गरिएको उहांँले बताउनु भयो । कार्यक्रमबाट बचेको केही प्रतिशत रकम समाजसेवाका लागि खर्च गरिने श्रेष्ठको भनाई छ ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement