0Shares

विचित्र पौडेल, भरतपुर । हेर्दा आकर्षक ,मुल्य कम अनि गुणस्तरीय जुत्ता । नेपाली ब्राण्डका जुत्तामा ग्राहक आकर्षित छन् । बाह्य कम्पनीसंगको प्रतिष्पर्धामा संघर्ष गरेका नेपाली कम्पनीको उत्पादनले उपभोक्तालाई आकर्षित गरेको छ । बजारमा नेपाली जुत्ताको प्रयोग बढेको छ ।

देशै तिहार जुत्ता मेलामा भेटीनु भएकी सिता सिग्देल गुणस्तरीय र समयअनुसारको फेसनका जुत्ताहरु पाउने भएपछी नेपाली उत्पादन नै मन परेको बताउनु हुन्छ । दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर आयोजना गरिएको जुत्ता मेलामा युवा पुस्ताको आकर्षण बढी छ ।

भरतपुरमा चितवन उद्योग संघले आयोजना गरेको जुत्ता मेलामा ग्राहक बढेका छन् । असोज ३० गतेसम्म चल्ने जुत्ता, चप्पल प्रदर्शनीमा १३ वटा स्वदेशी ब्राण्डका स्टलहरु छन् । विदेशी जुत्तालाई निरुत्साहित बनाउने उद्देश्यले उत्पादकसंगको प्रत्यक्ष सम्पर्कमा हुने किनबेचले उपभोक्ताले जानकारी पाएको उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेल बताउनु हुन्छ ।

नेपालमा अहिले साना, ठूला गरी १ हजार भन्दा बढी जुत्ता उद्योग छन् । करिब ३० वटा ब्राण्डहरु नेपालमा स्थापित भइसकेका छन् । केहीले विभिन्न देशमा निर्यात पनि गर्न गर्छन् । उत्पादनको बजारीकरण खोजेका नेपाली उत्पादकहरु उत्साहित छन् । यसरी आयोजना गरिने मेलाले आयातित जुत्तालाई विस्थापित गर्न सक्ने फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेको दावी छ ।

नेपाली जुत्ता उद्योगले वर्षमा १४ करोड जोर जुत्ता, चप्पल उत्पादन गर्न सक्ने क्षमताका छन् । तर वर्षेनी १० करोड जोर जुत्ता, चप्पल खपत हुने गरेको छ । त्यसको करिब ६५ प्रतिशत स्वदेशी उत्पादन खपत हुन्छ । ३५ प्रतिशत मात्रै विदेशी जुत्ताले स्थान पाएको छ । नेपालबाट वार्षिक एक करोड जुत्ता निर्यात हुने गरेको उपाध्यक्ष न्यौपाने बताउनु हुन्छ । ने्पाली कम्पनीहरु मिलेर एकै ठाँउमा संयुक्त सोरुम समेत चलाउन लागेका छन्

गत चैतमा भरतपुरमा गरिएको एक महिना जुत्ता मेलामा ६ करोड रुपैयाँको कारोबार भएको थियो । यपटक १० करोडको लक्ष्य लिएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement