नेपालमा परिवारसँग भिडियो कल गरेकै बेला जापानमा आत्महत्या
फुकुओका, जापान ।
जापान अध्ययनका लागि आएकी एक नेपाली किशोरी परिवारसँग फोनमा कुरा गरिरहँदा भिडियो कल गरेर झुण्डिएकी छिन् ।
परिवारका सदस्यहरुले आत्महत्या प्रयासको कारणबारे नखुलाएपनि पारिवारिक असमझदारी पछि उनले फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर देखाउँदै झुण्डिएको बताइएको छ ।
सोमबार साँझको घटना पश्चात फुकुओका क्षेत्रमा रहेका नेपालीहरुले उनको कोठा करिव आधा घण्टामा पत्ता लगाएपछि प्रहरी बोलाएर उद्दार प्रयास गरिएको थियो। प्रहरीले अगाडी फोन राखेर झुण्डिएको अवस्थामा फेला पारेको र परिवारले भनेजस्तै फोनमा भिडियो कल भएको देखिएको बताइएको छ ।
आपतकालिन रुपमा प्रहरी र एम्बुलेन्स बोलाएर उद्दार प्रयास गरि अस्पताल लगिएकोमा मंगलवार बिहान उनको उपचार प्रयास भइरहदा निधन भएको अस्पतालले बताएको एनआरएनए अभियन्ता सुपेन्द्र घिसिगंले जानकारी दिए
‘सोमवार मध्यरातसम्म अस्पताल तथा प्रहरीले निधन भएको घोषणा गरेको थिएन’ घिसिगंले भने ‘चिकित्सकहरुले मंगलवार बिहानसम्म केहि भन्न नसक्ने बताएको थियो ।’
प्राप्त जानकारी अनुसार अचेत अवस्थामा रहेकी नेपाली विद्यार्थी रबीना बुढाथोकी हुन् । दोलखा घर भएकी बुढाथोकि गत बर्ष मात्र भाषा विद्यार्थीका रुपमा जापान आएकी थिइन् ।
करिव २० बर्षिया उनले केहिदिन अघि मात्र एउटै विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई ५ दिनका लागि नेपाल जानुपर्ने भएको प्लेनको टिकट बुझिदिन आग्रह गरेको पाइएको छ ।
हाल बिदेशमा रहेका उनका भाइ समेत बिदामा नेपाल आएर फर्कनको लागि तयारी गरिरहेको बताइन्छ ।
कोठामा आत्महत्या प्रयास अघि कुनैपनि सुसाइड नोट लगायत वस्तु नभेटिएको बताइएको छ। घटना अघि बुढाथोकिले कोठामा चुक्कुल लगाएर झुण्डिएकाले उद्दारका लागि पुगेका नेपालीहरु ढोका फोडेर भित्र पस्न नसकेको र प्रहरी पुगेर उद्दार हुँदा समय धेरै लागेकाले घटनास्थलमा जीवन रहेको संकेत पाइएको थिएन। तर अस्पतालले कृतिम स्वास दिएर जीवन रक्षाको अन्तिम प्रयास गरेको थियो । Source: Japansamachar
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















