चितवनको माडीमा बाघको आक्रमणबाट तीन जना घाईते
0Shares
चितवन, साउन ०२ –
चितवनको माडीमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । मंगलबार(आज) ५ः२०को समयमा माडी नगरपालिका ३ स्थित बैराठ जंगलबाट गाउँ पसेको बाघले ३ जनालाई आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट माडी ३का ४२ बर्षिय उमेश सहनी, ४१ बर्षिय महेन्द्र सहनी र ५५ बर्षका रामनाथ माझि घाइते भएका छन्। उनीहरुको अवस्था समान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीहरुको हात र ढाडमा चोट लागेको प्रहरीले बताएको छ । घाइतेहरुको उपचार बघौडा अस्पतालमा भएको छ । घाइते भएका रामनाथको एक वटा बाख्रा समेत बाघले मारेको प्रहरीले जानकारी दिएको छ ।
गाउँ पसेको बाघलाई नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जको टोली हात्ति सहित त्यस ठाउँ तर्फ गएको छ । बाघ गाउँ नजिकै झाडिमा पसेको बताइएको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















