मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग
0Shares
महानगरपालिका वडा नं ४ लङ्कु निवासी सुरज खरेलले आफ्नो विवाहको अवसरमा मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्नुभएको छ ।
यही असार ७ गते वैवाहिक जीवनमा बाँधिएका सुरज खरेल र सृजना कंडेल आफ्ना अभिभावकहरुको साथमा आइतबार मञ्जुश्री असहाय संरक्षण केन्द्रमा पुगेर खाद्यान्न, स्टेशनरी, साबुनलगायत आर्थिक सहयोग गर्नुभएको हो। सहयोग हस्तान्तरण गर्दै सुरज खरेलले विवाहको अवसरमा बालबालिकाहरुलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताउँदै आगामी दिनहरुमा पनि असहाय बालबालिकाहरुलाई सहयोग गर्ने जानकारी दिनुभयो।

सहयोग हस्तान्तरण कार्यक्रममा सुरज खरेलका बुबा समाजसेवी तुल्सीराम खरेलले गरिब असहायहरुलाई सहयोग गर्नु नै मानवीय धर्म रहेको जानकारी दिँदै असहाय बालबालिकाहरुलाई संरक्षण गर्ने महान काममा लागिरहने मञ्जु खाँडलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जापानमा व्यवसाय गरेर नेपालमा हुने प्राकृतिक विपत्ति, विद्यालय निर्माण, अस्पताल बनाउने अभियान लगायतका मानवीय कार्यमा सहयोग गर्दै आउनुभएको छ। मञ्जुश्री असहाय संरक्षण केन्द्रको विकासमा विशेष सहयोग गरेकोले समाजसेवी तुल्सीराम खरेल परिवारलाई आइतबार नै सहयोग हस्तान्तरण कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

सम्मान पत्र हस्तान्तरण गर्दै मञ्जुश्री असहाय संरक्षण केन्द्रकी सञ्चालिका मञ्जु खाँडले तुल्सीराम खरेलले गर्नुभएको सहयोगको उच्च सम्मान गर्दै निरन्तर सहयोगको अपेक्षा गर्नुभयो। कार्यक्रममा बालबालिकाहरुले स्वागत गीत र कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा तुलसादेबी खरेल, कमला खरेल, सुमा खरेल, समाजसेवी गोपालप्रसाद खरेललगायतको उपस्थिति रहेको थियो ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















