श्रीमानको कुटपिटबाट घाइते भएकी वडा सदस्यको मृत्यु
0Shares
३२ जेठ, काठमाडौं । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।
घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।
ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















