0Shares

काठमाडौं,वैशाख १९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन्।

 

काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार रहिरहे देश टाट पल्टिने बताएका हुन् । उनले डेढ वर्षभित्र ओरालो लागेको अर्थतन्त्र फर्काउन नसकिए देश असफल राष्ट्र बन्ने बताए।

 

‘अहिले मूल्यवृद्धिबाहेक केही बढेको छैन। सबै डामाडोल छ। देश ध्वस्त हुने स्थितिमा छ। सत्तासीन दलहरू सत्ता भागवण्डामै रमाइरहेका छन्। अरू पनि लाइनमा लागेका छन्।’ ओलीले भने, ‘प्रदेश र स्थानीय तहको समपुरक अनुदान ५० प्रतिशत कटौती गरिसकेको छ। अब स्थानीय स्तरमा विकास निर्माण गराएको पैसा स्थानीय र प्रदेश सरकारले कसरी तिर्ने? ’

देश आर्थिक रुपमा टाट पल्टँदै गर्दा सत्तापक्षीय उद्योगपतिले ४० अर्ब नाफा कमाएको भन्दै ओलीले कटाक्ष गरे। उनले मुलुकमा आइपर्ने आर्थिक संकट पार लगाउन एमालेले मात्रै सक्ने जिकिर पनि गरे।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement