75Shares

जापान । जापानको नागोयामा रहेका एमाले निकट प्रवासी नेपालीहरुले आइतबार यहाँ BBQ  अर्थात् पिकनिक कार्यक्रम सम्पन्न गरेका छन् । BBQ कार्यक्रमको साथमा उनीहरुले देशको पछिल्लो राजनीतिक, आर्थिक र सामाजिक घटनाक्रमका बारेमा पनि चासो व्यक्त गरे ।
प्रवासी नेपाली मञ्च क्षेत्रीय समिति, नागोया जापानको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । मञ्चका अध्यक्ष नरेश राईका अनुसार कार्यक्रमको पहिलो सत्रमा नेपालको पछिल्लो अवस्थाका बारेमा अन्तरक्रिया भएको र अन्तरक्रिया समापन पछि BBQ कार्यक्रम आयोजना भएको थियो ।
जापानमा अध्ययन एवं काममा व्यस्त रहेका नेपालीहरुले संस्थागत रुपमाा यस्ता कार्यक्रम गरेर आफ्नो व्यस्त दैनिकीलाई सामान्ययीकरण गर्दे आएको पाईन्छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सदस्य डा.सरोज कँडेल थिए । देशमा विद्यमान राजनीतिक र आर्थिक समस्षाले जापानमा रहेका नेपालीलाई चिन्तित बनाएको बताउँदै प्रमुख अतिथि डा. कँडेलले यस्ता समस्या समाधानका लागि आ–आफ्नो तर्फबाट चासो र सरोकार राखिराख्नुपर्ने बताए ।
उपनिर्वाचनले एमालेको साखमा कमी आएको जस्तो देखिएपनि देशको प्रमुख राजनीतिक शक्तिको रुपमा एमाले नै रहेको र देश–विदेशमा पनि एमालेको जनमतमा कुनै कमी नआएको उनले जानकारी दिए ।
औपचारिक कार्यक्रमको विशेष अतिथिमा एनआएआनए आइसिसीका उपाध्यक्ष गोविन्दप्रसाद श्रेष्ठ ‘रोविन्द’ थिए । यसैगरी कार्यक्रममा अतिथिहरु एनआरएनए एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेल, एनआएनए आइसिसी सदस्य दिपक कार्की, एनआरएनए जापानका अध्यक्ष शिव पौडेल, केन्द्रीय उपाध्यक्ष राजकुमार अधिकारी, संगीता अधिकारी, महासविच सिद्धार्थ श्रेष्ठ, टोकाइ बाटिका स्कूलका अध्यक्ष डा. सुदिप अधिकारी, एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार एवम् नेपाले मिडिया सेण्टर जापानका अध्यक्ष  कविकिरण न्यौपाने, एनआरएनए नागोयाका संयोजक मनोज बम मल्ल, गलकोट समाज जापानका पूर्व अध्यक्ष यम खत्री, अन्तराष्ट्रिय तेक्वान्डो प्रशिक्षक देब घिमिरे, किरात राई यायोक्खा नागोयाका अध्यक्ष सुखराज राई, नेपालीजन सम्पर्क समिति नागोयाका अध्यक्ष कुशल धिताल, प्रवासी नेपाली मञ्च जापानका स्कूल विभाग प्रमुख कृष्ण भुसाल, प्रवासी नेपाली मञ्च नागोयाका पूर्व अध्यक्ष अञ्जन खनाललगायत विभिन्न समाजसेवी, विद्यार्थी र व्यवासायीको उपस्थिति थियो ।
नागोयाको सोनाई योकुची पार्कमा सम्पन्न कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष नरेश राई र सञ्चालन सचिव कुमार अधिकारीले गरेका थिए ।

75Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement