राष्ट्रपतिले चुनाव जित्दै आएको तनहुँमा कांग्रेस हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय होः सभापति देउवा
काठमाडौँ, वैशाख ११-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ को प्रारम्भिक परिणामले पार्टीसामु गम्भीर परिस्थिति उत्पन्न भएको बताएका छन् । सोमबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले तनहुँ –१ को प्रारम्भिक परिणामले पार्टीमा गम्भीर परिस्थिति उत्पन्न भएको बताएका हुन् ।
बैठकमा सहभागी सांसद श्याम घिमिरेले अब पार्टी एकताबद्ध भएर चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने धारणा राखेको बताए । घिमिरेका अनुसार बैठकको सुरुवातमै धारणा राखेका देउवाले राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जित्दै आएको तनहुँ–१ मा कांग्रेस चुनाव हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय भएको बताएका थिए ।
‘राष्ट्रपतिले चुनाव जित्दै आएको तनहुँमा कांग्रेस हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय हो । कांग्रेसका लागि गम्भिर स्थिति सिर्जना भएको छ । अब केही सोच्नुपर्ने भयो । यसमा सबै साथीहरू गम्भीर हुन आवश्यक छ,’ उनको भनाइ थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















