53Shares

वीरगञ्ज, २५चैत। रगत अभाव भईरहेको समयमा ग्यालेक्सी युथ क्लवको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा शनिबार ग्यालेक्सी युथ क्लबको २७ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा प्रदेशसभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिर्थी जनार्दन सिंह क्षेत्रीले रगत दानले मानिसले नयाँ जीवन पाउने बताउनु भयो । उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।

रक्तदान कार्यक्रममा बिशिष्ट अतिथी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरी गौतम रहनु भएको थियो ।

 


कार्यक्रमका अतिर्थी नेपाली काँंग्रेस बारा क्षेत्र नम्बर ४ ख का सभापति युवा नेता लोकेश सिंहले सामाजिक उक्तरदायीत्व अन्र्तगत आयोजित रक्क्तदान कार्यक्रमले धेरैलाई नयाँ जीवन दिने बताउनु भयो । सो अवसरमा उहाँले भन्नुभयो, “रक्तदान एउटा यस्तो कार्य हो, जसले विश्वव्यापी रूपमा लाखौंलाई बचाउँछ। किनभने, रगत मानव जीवनको अत्यावश्यक तत्व हो।”

 

कार्यक्रममा एलएस न्यूरो अस्पतालका सन्चालक डाक्टर श्यामबाबु पटेल लगायतको उपस्थिती थियो । रक्तदान कार्यक्रममा रक्त सन्चार केन्द्र वीरगन्जको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो ।

 

पिपरा धर्मशालामा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित ३७ जनाले रक्क्तदान गरेको क्लबका अध्यक्ष राजेश पटेलले जानकारी दिनुभयो । कार्यक्रममा क्लबले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरेको क्लबका अध्यक्ष पटेलले जानकारी दिनुभयो । सामाजिक कार्यमा संस्थाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र सोही अनुसार रक्क्तदान कार्यक्रम गरीएको उहाँको भनाई थियो ।

53Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement