0Shares

सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए।

सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ।

‘कति रकम दिने भन्ने निर्णय भइसकेको छैन,’  मन्त्री किराँतीले भने।

यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थ्यो। आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए। लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग थियो।

प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्ब प्रहरीको लाठी लागेर घाइते भएका थिए। उपचारका क्रममा चैत १० गते उनको मृत्यु भएको थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement