माओवादी केन्द्रले चितवन २ मा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई सघाउने
चितवन, चैत १९–
नेकपा (माओवादी केन्द्र)ले वैशाख १० को हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको छ ।
सत्तागठबन्धनको तर्फबाट उम्मेदावर बनेका कांग्रेस चितवनका निवर्तमान सभापति श्रेष्ठलाई समर्थन गर्ने माओवादीले निर्णय गरेको हो । चितवनसंगै तनहुँ १ मा पनिकाग्रेसका उम्मेदवारलाई सघाउने निर्णय भएको माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले जानकारी दिए ।
चितवन २ मा रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार बनेका छन भने एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ। नागरिकतासम्बन्धी विवादमा रास्वपाका रवि लामिछानेको सांसद पद खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। तीनै क्षेत्रमा उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ।
तनहुँ–१ मा नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णीम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
बारा–२ मा गठबन्धनको तर्फबाट जसपाका उपेन्द्र यादव उम्मेदवार बनेका छन्। त्यस्तै जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा र रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाएको छ। बारा २ बाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। एमालेले उक्त क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनेर निर्णय गरिसकेको छैन।
यस्तै लागि सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रले तनहुँ क्षेत्र नं. १ मा दाबी गर्ने भएको छ। उपनिर्वाचन हुन लागेका बारा–२ र चितवन–२ मा सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेसंगै माओवादी केन्द्रले तनहुँ–१ भने दाबी गर्ने निर्णय गरेको हो।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















