चितवन / चितवनको कुल जनसंख्या ७ लाख नाघेको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।जनगणनाको नतिजा अनुसार जनसंख्या वृद्धिदर हुने जिल्लामा चितवन तेस्रो स्थानमा रहेको छ । तथ्यांक अनुसार चितवनको वार्षिक जनसंख्या वृद्धिदर २.०७ प्रतिशत रहेको छ ।
जनगणनाको अन्तिम नतिजा अनुसार चितवनको कुल जनसंख्या ७ लाख १९ हजार ८५९ पुगेको छ । यसअघि २०६८ सालमा गरिएको जनगणनामा चितवनको जनसंख्या ५ लाख ७९ हजार ९८४ रहेको थियो ।यस्तै सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिकाहरु मध्ये चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा रहेको छ । भरतपुरको कुल जनसंख्या ३ लाख ६९ २६८ रहेको छ ।
भरतपुरमा कुल परिवार संख्या ९६ हजार ५९१ रहेको छ । भरतपुरको जनसंख्यामा पुरुष १ लाख ७८ हजार ८९७ रहेको छ भने महिला १ लाख ९० हजार ३७१ रहेको छ ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















