0Shares

९ चैत, काठमाडौं । बिहीबार भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई ४ वर्ष पुरानो अपराधिक मानहानी सम्बन्धी मुद्दामा २ वर्षको जेल सजाय सुनायो ।

गुजरातको सुरत अदालतले लगत्तै उनलाई धरौटीमा छाड्ने आदेश दियो र माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय पनि ।

गान्धीले सजाय पाएको घटना सन् २०१९ को हो । त्यतिबेला उनले मोदी थरप्रति एउटा टिप्पणी गरेका थिए, ‘सबै चोर, चाहे निरव मोदी हो, ललित मोदी हो वा नरेन्द्र मोदी, उनीहरुको थरमा मोदी किन छ ।’

उनको यो भनाइलाई लिएर मुद्दा दायर गर्नेले अधिकतम सजाय माग गरेका थिए, अदालतले माग अनुसार नै सजाय तोक्यो ।

अदालतमा सुनुवाइका बेलामा गान्धी पनि उपस्थित थिए । उनका वकिलका अनुसार सुनुवाइका क्रममा गान्धीले आफ्नो भनाइबाट कुनै पनि समुदायप्रति ठेस पु¥याउन नचाहेको बताएका थिए ।

सजायपछि कसले के भने रु

अदालतले २ वर्षको जेल सजाय सुनाए लगत्तै राहुलले महात्मा गान्धीको एउटा कथन ट्वीट गरे, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ, सत्य मेरो भवना हो, अहिंसा उसलाई पाउने साधन ।’

कांग्रेसले राहुल गान्धीले तानाशाहको विरुद्ध आवाज उठाउने गरेको भन्दै उनलाई आयकर विभाग, प्रहरी, मुद्दा तथा सजायबाट डर देखाउने प्रयास भइरहेको आरोप लगाएको छ ।

अध्यक्ष मल्लिकार्जुन खड्गेले भने, ‘हामीलाई यसको अनुमान थियो, राहुललाई धरौटी पनि मिलेको छ, हामी संविधान अनुसारको रणनीतिमा अघि बढ्छौं ।’

उनले सत्तारुढ बीजेपीमाथि अरोप लगाउँदै थपे, बीजेपीले आफूलाई छाडेर बाँकी सबैमाथि औंला उठाइरहेको छ ।’

कांग्रेस नेता दिग्विजय सिंहले भने, ‘अब मोदी नाम लिँदा पनि सजाय हुन थाल्यो, राहुल गान्धी यस्ता व्यक्ति हुन जो पछि हट्नेवाला छैनन्, उनले के सन्दर्भमा भनेका हुन् त्यो पनि थाहा पाउनुहोस्– निरव मोदी, ललित मोदी‘ अरु पनि मोदी छन् जो देशको पैसा लिएर भागेका छन्, उनीहरुका बारेमा भनेका हुन् ।’

गुजराज बीजेपीका अध्यक्ष सीआर पाटिलले राहुल गान्धीको बोलीमा कुनै नियन्त्रण नरहेको आरोप लगाए । भने, ‘उनी जे पनि बोल्दिन्छन, जसको नतिजा यो भयो कि उनीमाथि मुद्दा चल्यो र अदालतले सजाय पनि सुनायो ।’

केन्द्रीय मन्त्री किरन रिजिजुले राहुलले जे बोले पनि नोक्सानै हुने गरेको टिप्पणी गरे । भने, ‘उनको पार्टीलाई त क्षति हुन्छ नै यो देशका लागि पनि राम्रो हुँदैन, कांग्रेसकै केही नेताले मलाई भनेका छन् कि राहुल गान्धीको जुन शैली छ त्यसले सबै खत्तम भयो, पार्टी पनि डुब्यो ।’

के हो पूरा घटना रु

वायनाडबाट सांसद रहेका राहुल गान्धीले सन् २०१९ को लोकसभा चुनावको क्रमममा कर्नाटकको कोलारमा मोदी थरलाई लिएर विवादित विवादित बयान दिएका थिए ।

उनको बयानलाई लिएर भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अनुसार मुद्दा दायर गरिएको थियो । धारा ४९९ अनुसार आपराधिक मानहानी मामिलामा अधिकतम २ वर्षको जेल सजायको व्यवस्था छ ।

आफ्नो माग अनुसार अदालतले अधिकतम सजाय सुनाउने आदेशलाई रिट दायर गर्ने पुर्णेश मोदीले स्वागत गरेका छन् । ‘हामी यो फैसलाको दिलबाटै स्वागत गर्छौ, दुई वर्षको जेल सजाय सुनाएबाट खुसी हौं वा नहोउँ, प्रश्न यो होइन,’ उनले भने, ‘यो सामाजिक आन्दोलन हो, कसैले पनि कुनै पनि समाज वा जातिको विरुद्धमा बयान दिनु हुँदैन, हाम्रो चाहना यत्ति हो ।’

अदालतलको यो आदेशबाट राहुलको वर्तमान सांसद पद धरापमा परेको छैन । किनकी उनीमाथि पुनरावेदनको लागि ३० दिनको समय छ । अदातलले दिएको सजाय विरुद्ध राहुलले पुनरावेदन गर्ने उनको वकिलले बताएका छन् ।

– बीबीसी हिन्दीबाट

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement