जगन्नाथ थपलिया एमाले बागमती प्रदेशको संसदीय दलको नेता हुने सम्भावना
9Shares
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बागमती प्रदेशको संसदीय दलको नेता छान्न पुस १४ गते हेटौँडामा संसदीय दलको बैठक राख्ने भएको छ ।
बैठकले सकेसम्म सहमतिको आधारमा, नभए लोकतान्त्रिक विधिबाट भए पनि संसदीय दलको नेता चयन गर्ने जनाइएको छ ।
एमालेबाट सम्भावित मुख्यमन्त्रीका ३ जना दाबेदार निर्वाचनमा पराजित भएसँगै सिनियर नेता एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया (जे.एन) दलको नेता सर्वसम्मत हुने सम्भावना बढेको छ ।
दलको नेताको लागि अन्य प्रदेशसभा सदस्यहरूले सार्वजनिक रूपमा इच्छा व्यक्त नगरिसकेको अवस्थामा थपलिया नेता हुने सम्भावना बढी रहेको छ ।
9Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















