0Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही परे आफूलाई ह्वाट्स एपमा म्यासेज गर्न सक्ने बताएका छन्।

बिहीबार फेसबुकमा स्टाटस राख्दै उनले चितवन-२ का नगरबासीलाई ह्वाट्स एपमार्फत् म्यासेज गर्न आग्रह गरेका हुन्।

‘हामीलाई संसदसम्म पुर्‍याउन मद्दत गर्नु हुने देश तथा विदेशमा समेत रहनुहुने सम्पूर्णमा आभार व्यक्त गर्दछौं,’ उनले लेखेका छन्, ‘मलाई विश्वास गरेर सर्वाधिक मतान्तरले विजयी गराउनु हुने चितवन-२ का आदरणीय मतदाता ज्यूहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। देशभरिका नागरिकका मुद्दा हाम्रो जिम्मेवारी हो। तर सुरूआत चितवन-२ बाट गर्दैछु।’

‘चितवन-२ मा जे परे पनि मलाई सूचना दिनु होला’, उनले अगाडि लेखेका छन्।

‘हेलो रवि’ भनी ९८५१३६०५५५ मा ह्वाट्स एपमार्फत् म्यासेज गर्न उनले नम्बर सार्वजनिक गरेका हुन्।

यस्तै, उनले अन्य प्रत्यक्ष निर्वाचित सांसदले पनि आफ्ना मतदाताका लागि आफ्नो नम्बर सार्वजनिक गर्ने बताएका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement