0Shares

भरतपुर, / चितवनको सौराहामा चराविद् र संरक्षणकर्मीहरुको राष्ट्रिय कार्यशाला सुरु भएको छ ।

चरा संरक्षणका लागि भएका प्रयास र भावी कार्ययोजनाका विषयमा छलफल गर्न छैटौँ राष्ट्रिय कार्यशाला मङ्गलबारदेखि सौराहामा सुरु भएको हो । कार्यशालामा देशभरका ६० चराविद् र संरक्षणकर्मीको सहभागिता छ ।

बर्ड एजुकेसन सोसाइटी चितवनको व्यवस्थापनमा नेपाल पन्छी संरक्षण सङ्घले आयोजना गरेको कार्यशालामा सङ्कटमा परेका प्रजातिको संरक्षणका लागि गर्नुपर्ने प्रयास र नीतिगत व्यवस्थाका विषयमा समेत छलफल हुनेछ ।

उनले सबै सरोकारवाला निकायले एक भएर चराको संरक्षणका लागि काम गर्नुपर्ने बताए । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा आठ सय ९२ प्रजातिका चरा रहेका छन् । -रासस

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement