चितवनमा साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने
चितवन । पुस २९ गते रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ प्रिमियर शो चितवनमा हुने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनामा पुस २७ गते साँझ ६ बजे चितवनमा चर्चित कलाकारहरुको साथमा भव्य प्रिमियर शो हुने भएको छ ।
नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको प्रचार-प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको मिडिया हाउसले आम दर्शकहरुको रोजाईमा नयाँ नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ को भब्य रुपमा प्रिमियर शो गर्ने जनाएको छ ।
शो कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरुको बाक्लो उपस्थिती हुने जनाईएको छ । प्रिमियर शोमा चलचित्र ‘तिम्रो मेरो साथ’ का कलाकार संगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिए । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ । यसअघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।
नेपाली चलचित्र उद्योगको प्रवद्र्धनमा निरन्तर लागि रहेको लक्की मिडिया हाउसले पछिल्लो समयममा नेपाली चलचित्र क्षेत्रले बजारमा एक पछि अर्को फड्को मार्दै अगाडी बढीरहेको बेला थप सहयोग पुग्ने हेतुले फिल्मको थप उन्नतीको लागि यस्ता शोलाई बिशेष प्राथामिता दिदैँ आएको छ । कलाकारिता कर्ममा विगत लामो समयदेखि लागि परेका श्रष्टालाई हौसला प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको महाप्रवन्धक हरी कार्की ‘लक्की’ले बताउनुभयो ।
रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको फिल्ममा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्कबहादुर पुन”खबपु”को अभिनय छ ।फिल्म सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन् । यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















