घरदैलोमा पोखरेललाई भव्य स्वागत : जनचाहना एमालेले पूरा गर्ने मतदाताको विश्वास
ईन्द्रा रेग्मी , चितवन ३० कात्तिक । चितवनको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेललाई घरदैलोका क्रममा सोमबार भव्य स्वागत गरिएको छ ।
चुनावी कार्यक्रमका क्रममा सोमबार घरदैलोमा हिडेको टोलीलाई भरतपुरको वडा नं. १० मा भव्य स्वागत गरिएको हो । स्वागत गर्दै स्थानीयले महिला मैत्री कानुन ल्याएर सुसान कायम गर्न पाखरेलले गरेको योगदानको चर्चा गरेका थिए । भरतपुर १० का सुनिता शर्माले भन्नुभयो दुइवटी श्रीमती ल्याउनेलाई कार्वाही गर्ने, बलात्कार गर्नेलाई जन्मकैदको कानुन जस्ता समाज सुधारका लागि उपयुक्त नियम ल्याउनु भएको भन्दै प्रशंसा गर्नुभयो ।
स्थानीय कलाधार गौतमले वृद्धहरुको लागि भत्ता दिएर अभिभावक वन्न सफल भएको भन्दै एमाले पार्टीलाई धन्यावद दिनुभयो । उहाले आउदा दिनमा पनि वृद्धहरुको सम्मानको लागि अझै कार्यक्रम ल्याउन नेता पोखरेललाई अनुरोध गर्नुभयो । वृद्धभत्तावृद्धि, वृद्धहरुलाई निशुल्क उपचार, वुवाआमालाई हेला गर्ने सन्तानलाई जिम्मेवार वनाउन कानून निर्माणलगायतको व्यवस्था गर्न उहाले अनुरोध गर्नुभयो ।
स्वागत गर्दै युवाहरुले वेरोजगारी समस्या समाधान गर्न एमाले पार्टीका नेताहरुलाई अनुरोध गरेका छन् । युवा लक्षित कार्यक्रम ल्याएर विदेश जानु पर्ने वाध्यता अन्त्य गराउन एमालेले सक्ने भन्दै उहाले नेता पोखरेललाई अनुरोध गर्नुभयो । घरदैलोका क्रममा नेता पोखरेलले एमालेलाई जिताए जनताको चाहना पूरा गर्न सकिने बताउनुभयो
एमालेको नेतृत्वमा सरकार निर्माण भएमा २० वटा कार्यक्रम ग्यारेन्टी गर्ने दावी गर्नुभयो । महिला, युवा, वृद्धवृद्धा, आर्थिक समृद्धिलगायतका वृहत कार्यक्रम ल्याएर देशलाई विकसित राष्ट्रको रुपमा अगाडि वढाउने दावी गर्नुभयो । उहाले ढुक्क भएर सुर्य चिन्हमा मतदान गर्न सवैलाई अनुरोध गर्नुभयो । लहडका क्रममा उठ्ने नेताहरुबाट देश विकास सम्भव नहुने भन्दै इतिहास बोकेको संसदीय अनुभव भएको स्थानीय मतदाताको घरगाउका उमेदवारले मात्रै त्यहाको समस्या वुझ्ने भन्दै मतदान गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा हजारौको सहभागीता रहेको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















