भरतपुरमा वडा दशैं देवी दर्शन रथ यात्रा सम्पन्न ७ वटा शक्तिपिठ परिक्रमा
चितवन, असोज १५ –
नवरात्रको छैठौं दिन भरतपुर महानगरपालिका वडा नम्वर ११ जखडीमाईमा वडा दशैं देवी दर्शन रथ यात्रा सम्पन्न भएको छ ।
भरतपुर वडा नम्बर ११, १०, २ र १ मा पर्ने ऐतिहासिक धार्मिक सात वटा शक्तिपिठहरुको रथ यात्रा गरि परिक्रमा गरिएको वडा दशैं देवी दर्शन रथ यात्रा व्यवस्थापन समितिका संयोजक रविन्द्र बरालले जानकारी दिनुभयो ।
नौ वटा टोल विकास संस्था र सात वटा आमा समुह र चार वटा समुदायको सह आयोजनामा रथ यात्रा गरिएको संयोजक बरालले जानकारी दिनुभयो ।
श्री बगलामुखी देवी कैलाशेश्वर महादेव, श्री जखडीमाई देवी, श्री नवदुर्गा भवानी, श्री जलदेवी, श्री वागीश्वरी देवी, श्री मनकामना देवी, श्री चण्डेश्वरी देवी मन्दिरको परिक्रमा तथा पूजाआजा गर्दै रथ यात्रा गरिएको हो । रथको रुपमा चारपा·े गाडीलाई प्रयोग गरिएको थियो । उक्त रथमा देवीको प्रतिक राखिएको थियो ।
रथ यात्रामा पञ्चेबाजासहित ब्रहमण, क्षेत्री समाज, तमु समाज, मगर समुदाय, कुमाल समुदाय सहित पाँच वटा जातिय समुदाय सहआयोजक रहेका थिए। रथ यात्रामा विभिन्न समुदायको झाँकी प्रदर्शन समेत गरिएको थियो ।
रथ यात्राका संयोजक बरालले यस्तो खालको यात्रा आउदा वर्षहरुमा पनि गरिने बताउनु भयो । ऐतिहासिक शक्तिपिठहरुको संरक्षण र प्रवद्र्धन गर्नु तथा नवपुस्ताहरुलाई धर्मसंस्कृतिका बारेमा जानकारी गराउने उदेश्यले यात्राको प्रमुख उद्देश्य रहेको उहाँको भनाई छ । देशका विभिन्न भागवाट आएर बसेका र आदिवासीहरुको आफ्नो संस्कार र संस्कृतिप्रति गर्व गर्न लायक काम गरौ भन्ने उदेश्यले रथ यात्रा गरिएको बताउनु भयो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















